दैलेख– नेकपा एमाले निकट विद्यार्थी संगठनअनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशन दैलेखमा हुने भएको छ । अनेरास्ववियु कर्णाली प्रदेशको प्रदेश कमिटीको बैठकले प्रदेश अधिवेशन यही माघ ७ र ८ गते दैलेख सदरमुकाममा गर्ने निर्णय गरेको हो ।
अधिवेशनमा कर्णाली प्रदेशका १० जिल्लाबाट करिब१८६प्रतिनिधि उपस्थित रहने अधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य,कर्णाली प्रदेशका सह–इन्चार्ज रेखा थापाले बताइन् ।
उनले सर्वसम्मत नेतृत्व चयन गरिने यदि हुन नसकेमा मतदानबाट चयन गरिने र बिधानमा ब्यबस्था भए बमोजिम ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी निर्वाचित गरिने जानकारी दिइन् ।उनले पहिलो पटक जिल्लामा प्रदेशकोअधिवेशन हुन लागेको बताइन् ।
अधिवेशन सम्पन्न गर्नका लागि आयोजक जिल्लाको हैसियतले अनेरास्ववियु दैलेख जिल्ला इन्चार्जको संयोजकत्वमा सिङ्गो अनेरास्ववियु दैलेख जिल्लाका पदाधिकारीहरु र सदस्यहरु रहेको मञ्च व्यवस्थापन, स्वयंसेवक र आवास तथा खाद्य व्यवस्थापन उप–समितिलाई समिती गठन गरिएको समेत उनले जानकारी दिइन् ।
अधिबेसन सम्पन्न गर्न उपसमिति गठन गरि कार्य अगाडी बढाइएको छ।
माघ७ गते दिउँसो २बजेदेखि दैलेख सदरमुकाममा शुरु हुन लागेको कर्णाली प्रदेशको प्रथम प्रदेश अधिवेशनमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले उद्घाटन गर्र्नेे कार्यक्रम रहेको छ।