☰ open Loading... 5 February 2025|  

सुर्खेतको पञ्चपुरीमा १८ वर्षीय युवकको हत्या
पश्चिम नेपाल   | २ माघ २०८०, मंगलवार १९:४४

सुर्खेतको पञ्चपुरीमा एक १८ वर्षीय युवकको हत्या भएको छ । पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको मंगलबार राति १ बजे हत्या भएको प्रहरीले जनाएको छ ।

ती यूवकलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

‘शरीरभरि चोट छ, धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिन्छ’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘हामी अनुसन्धनको करिब करिक नजिक पुगिसकेका छौं ।’

घटना शंकास्पद देखिएपछि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए । ‘घटना अलि शंकास्पद नै छ । कुकुरसहितको टोली खटिएको छ,’ उनले भने ।

घटनाको बारेमा अनुसन्धान जारी रहे पनि अहिलेसम्म शंकास्पद व्यक्तिविरुद्ध जाहेरी भने आइनसकेको प्रहरीले जनाएको छ ।