☰ open Loading... 20 September 2024|  

चिसो बढेपछि नेपालगन्जमा विद्यालय बन्द
पश्चिम नेपाल   | ३ माघ २०८०, बुधबार १५:४९

अत्यधिक चिसो बढेपछि नेपालगन्जका विद्यालयहरू बन्द गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले भोलि बिहीबारदेखि शनिबारसम्मका लागि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

अत्यधिक चिसो र शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएपछि विद्यालय बन्द गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गार्खबहादुर थापाले जनाए।