☰ open Loading... 6 November 2025|  

बागलुङमा दुर्गा प्रसाईंमाथि हातपातको प्रयास
पश्चिम नेपाल   | ४ माघ २०८०, बिहीबार १७:०७

बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपातको प्रयास भएको छ।

बिहीबार दिउँसो बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले प्रसाईंमाथि हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रसाईं आफ्नो अभियानको कार्यक्रममा सहभागी हुन बागलुङ सदरमुकाम पुगेका थिए। सोहि क्रममा उनीमाथि हातपातको प्रयास भएको प्रहरीले जनाएको छ।