☰ open Loading... 14 March 2025|  

टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु
पश्चिम नेपाल   | ४ माघ २०८०, बिहीबार १७:०८

बैतडीको लामालेकमा टिप्पर दुर्घटनामा हुँदा सहचालकको मृत्यु भएको छ।

मेलौलीबाट पाटन तर्फ आइरहेको सु.प्र.प ०१००१ क २३९४ नम्बरको टिप्पर दुर्घटनामा हुँदा मेलौली नगरपालिका–१ का सहचालक १९ वर्षीय रोहित दयालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर उनी च्यापिएका थिए। उद्धारमा कठिनाइ भएपछि जेसिबी मगाएर उद्धार गर्दा उनको मृत्यु भइसकेको थियो। उद्धारमा ढिलाइ हुँदा रोहितले ज्यान गुमाउनु परेको स्थानीयले बताएका छन्।

लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक बिहीबार बिहान साढे ८ बजे टिप्पर दुर्घटनामा परेको थियो। चालक मेलौली नगरपालिका–१ का २४ वर्षीय गम्भीर टमटालाई सामान्य चोट रहेको छ। टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।