☰ open Loading... 25 November 2024|  

घनश्यामलाई स्लो बाइक प्रतियोगिताको उपाधि
यामराज बिष्ट   | ६ माघ २०८०, शनिबार १९:०१

 

दैलेख– पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि दैलेखमा भईरहेको ‘स्लो बाइक’प्रतियोगितामा घनश्याम केसि प्रथम भएका छन्।नारायण नगरपालिका वडा नं –६ स्थीत काडाचौरमा भएको प्रतियोगितामा सबै भन्दा ढिलो गतिमा मोटरसाइकल हिडाएर केसी प्रथम भएका हुन । ५०मिटरको दुरीमा सबैभन्दा ढिलो बाइक चलाएर प्रथम हुदै उनले १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको हो।
४५जना सहभागी प्रतियोगितामा दितिय हुदै कृष्ण बहादुर खत्रीले ७ हजार नगद,प्रमाणपत्र र तृतिय हुदै सरोज महतराले५हजार नगद प्रमाणपत्र प्राप्त गरेका थिए।यस्तै सान्त्वना स्थान हाँसिल गर्ने नविना रावललाई ३हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ।

 

 

सवारीमा बढ्दो दुर्घटना न्यूनिकरण गर्न चेतना जगाउने उद्देश्यले स्लो बाइक प्रतियोगिता संञ्चालन गरिएको बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाले जानकारी दिए । पछिल्लो समय युवायुवतीहरुले तीब्र गतिमा सवारी चलाउँदा दैनिक जसो दुर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउँदा दुर्घटनाबाट कसरी जोगिन सकिन्छ भन्ने कुराको सन्देश प्रवाह गर्नेे उद्देश्यले स्लो बाइक प्रतियोगिता संञ्चालन गरेको समेत उनले बताए ।
तीव्रगतिले दिनानुदिन सवारी दुर्घट्ना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो कार्यक्रमले सर्वसाधारणमा सचेतना मिलेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। उनले यस्ता खाले प्रतियोगिता जिल्लामा अझै हुनुपर्ने प्रतियोगिताले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना मिलेको समेत उनले बताए । उनले सवारी दूर्घटना न्यूनीकरण गर्न हरेक ब्यक्तिको भूमिका महत्वपुर्ण रहने जानकारी दिए ।