☰ open Loading... 16 September 2024|  

बसपार्कमा यात्रु प्रतीक्षालय निर्माण
यामराज बिष्ट   | १० माघ २०८०, बुधबार ०६:४७

 

दैलेख–सशस्त्र प्रहरीद्वारा दैलेख सदरमुकामको बसपार्कमा निर्माण गरिएको यात्रु प्रतिक्षालय नारायण नगरपालिकालाई हस्तान्तरण गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म दैलेखले२३औँ सशस्त्र प्रहरी स्थापना दिवस अवसर पारेर निर्माण गरिएको यात्रु प्रतिक्षालय नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
उक्त यात्रु प्रतिक्षालय निर्माण गरिएपछि दैलेख बसपार्कसम्म दैनिक यात्रा गर्ने सयौं यात्रुलाई सहयोग हुने उदेश्यले यात्रु प्रतिक्षालय निर्माण गरिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेखका प्रमुख द्रोण ढकालले बताए । सशस्त्र प्रहरी बल,नेपाल नं–६महेश्वरी बाहिनी सुर्खेत लगायत नं–६बाहिनी मातहतका कार्यालयको समन्वयमा १लाख ५०हजार रुपैयाँ लागत यात्रु प्रतिक्षालयको निर्माण गरिएको उनले बताए ।दैलेख जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम राख्नका लागि विगतदेखि नै सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले जानकारी दिए ।

शान्ति सुरक्षासहित दैवि विपत्ति लगायतका घटनाहरुमा स्थानीयको साथ र सहयोगबाट अहिलेसम्म काम हुँदै आएको र भोलिका दिनमा पनि साथ र सहयोग रहिरहने सशस्त्र प्रहरी बल आश्रीत गुल्म दैलेख प्रमुख ढकालले  बताए।
यात्रुलाई चहलपल गर्ने उदेश्यले यात्रु प्रतिक्षालय निर्माण गरिएको नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापाले बताईन्। उनले दैलेखको हरेक बिकासलाई सबैले साथ दिनुपर्ने जानकारी दिइन्।नगरपालिकाले शिक्षा ,स्वास्थ्य हरेक बिकाशका गतिबिधीमा अगाडी बढेको समेत उनले बताईन् ।
यस्तै यात्रु प्रतिक्षालयको उद्घाटान गर्दै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले सशस्त्र प्रहरीले निर्माण गरेको यात्रु प्रतिक्षालयले आवतजावत गर्ने यात्रुलाई ठुलो सहयोग हुने बताए ।

यो अत्यन्त राम्रो काम भएको भन्दै उनले धन्यवाद दिए।सशस्त्र प्रहरीले विपद देखि सामाजिक क्षेत्रमा राम्रो काम गरेको समेत उनले जानकारी दिए।जिल्लामा नयाँ कामको सुरुवात भएको समेत उनले बताए । सर्बधारणको सहजताको निर्माण गरेको यात्रु प्रतिक्षालयले यात्रुहरुलाई ठुलो सहयोग मिलेको स्थानियको भनाई छ ।