☰ open Loading... 5 February 2025|  

कोशीमा काँग्रेससँगको सहकार्य भङ्ग गर्ने माओवादीको चेतावनी
पश्चिम नेपाल   | १२ माघ २०८०, शुक्रबार ०६:४१

माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले काँग्रेसले धोका दिएको भन्दै कोशीमा काँग्रेससँगको सहकार्य भङ्ग हुने बताएका छन् ।राष्ट्रिय सभा निर्वाचनमा माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कोशी प्रदेशमा काँग्रेससँगको सहकार्य भङ्ग हुने बताएका हुन् ।

उनले काँग्रेसले गठबन्धनका नाममा माओवादीलाई पटक-पटक धोका दिएको बताए । उनले गठबन्धन टिकाउने नाममा काँग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाएको बताए ।

कार्कीलाई गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्कीले जम्मा चार हजार ९९२ मत पाएकी छन् ।कोशीमा १६ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर कोइरालालाई मत हालेका थिए ।