पश्चिम नेपाल | १६ माघ २०८०, मंगलवार १२:५१
मंगलबार पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिनसम्म प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ रहेको सुन मंगलबार १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४०५ रुपैयाँ रहेकोमा मंगलबार १ हजार ४२० रुपैयाँ कायम भएको छ ।