☰ open Loading... 7 September 2024|  

६ सयभन्दा बढीलाई ठगेका तामाङ पक्राउ
पश्चिम नेपाल   | १८ माघ २०८०, बिहीबार १४:०२

६ सयभन्दा बढीलाई ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विकाश वाईवा भन्ने सुजन तामाङ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङले माल्टा, पोल्याण्ड, क्यानडा र क्रोएसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० भन्दा सर्वसाधारणसँग ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको हो।