☰ open Loading... 16 September 2024|  

भूकम्प प्रभावित बालबालिकालाई ‘सौर्य बत्ती’
पश्चिम नेपाल   | १९ माघ २०८०, शुक्रबार ०५:३०

‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबालिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ। उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो।

दिगो बिजुली आपूर्ति सुनिश्चित गर्ने अपेक्षासहित विद्यार्थीलाई रातिको समयमा अध्ययन गर्न सहज होस भनेर सौर्य बत्ती वितरण गरिएको सिएफआरडीले जनाएको छ। विपद् र प्रकोपका कारण नियमित विद्युत् आपूर्ति अवरुद्ध भएको क्षेत्रमा पनि विद्यार्थीको सिकाइ जारी राख्न यसबाट सघाउ पुग्ने सिएफआरडीले जनाएको छ।

सिएफआरडीले गत पुसमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न सामग्री, न्यानो कपडालगायत राहत सामग्री वितरण गरेको थियो।