☰ open Loading... 7 September 2024|  

गोठमा आगलागी हुँदा खेलिरहेका २ बालबालिकाको मृत्यु
पश्चिम नेपाल   | २४ माघ २०८०, बुधबार २१:३९

अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ।

बुधबार (आज) साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले जानकारी दिए।

दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।