पश्चिम नेपाल | २५ माघ २०८०, बिहीबार १६:०४
जुम्लामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका-४ मालाभिड गाउँ बस्ने २३ वर्षीया बिन्दु धिताल (मल्ल) र उनकै श्रीमान् २४ वर्षीय योगेन्द्र मल्ल छन् ।
६ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।