☰ open Loading... 7 September 2024|  

वडामै ज्येष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता
यामराज बिष्ट   | २६ माघ २०८०, शुक्रबार २०:४२

 

दैलेख– प्रभु बैंक लिमिटेड शाखा कार्यालय दैलेख बजारले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।दैलेख सदरमुकाम रहेको बैंकसम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि नारायण नगरपालिकाको समन्वयमा बैंकले वडास्तरबाट सेवा दिन थालेको हो ।
नारायण नगरपालिका वडा नं १०र११मा रहेका लाभग्राहीलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रभु बैकं लिमिटेड दैलेख शाखाका प्रबन्धक उमेश प्याकुरेलले जानकारी दिए।अशक्त, अपाङ्गता भएका नागरिक र ज्येष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको उनले  जानकारी दिए ।
जेष्ठ नागरिक, एकलमहिला, अपांगता भएका व्यक्तीको खर्च समेत बचत हुने भएकाले वडा कार्यालयमा गएर समाजिक सुरक्षा भत्ता बितरण गरिएको अन्य नारायण नगरपालिकाका वडामा समेत बितरण गरिने प्रबन्धक प्याकुरेलले जानकारी दिए।
नारायण नगरपालिका र वडा कार्यालय,बैकंको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही,अपाङ्ग लगायतको समय रकम बचत भएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए। सामाजिक सुरक्षा भत्ता लिनका लागि सदरमुकाम आउनुपर्ने नागरिकहरुलाई सास्ती भएकाले वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता वितरणले जेष्ठ नागरिक, एकलमहिला, अपांगता भएका व्यक्तीलाई दैलेख सदरमुकाम आउन पर्ने बाध्यता हटेको उनको भनाई छ ।