☰ open Loading... 16 September 2024|  

फुटबल प्रतियोगिताको उपाधी फूलबारी विद्या मन्दिरलाई
यामराज बिष्ट   | २८ माघ २०८०, आईतवार १७:३५

दैलेख–प्रथम अन्तर विद्यालय रनिङ सिल्ड फुटबल प्रतियोगिता उपाधी फूलबारी विद्या मन्दिर प्रालीले उचालेको छ ।कालिदत्त गुल्म दैलेखको आयोजनामा शनिबार भएको फाइनल खेलमा त्रिभुवन माबि नयाँ बजार दैलेखलाई १–०ले पराजित गर्दै फूलबारी विद्या मन्दिरले उपाधी उचालेको हो।
उपाधि विजेताले फूलबारी विद्या मन्दिरले ट्रफि प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गरेको कालिदत्त गुल्म दैलेखका गुल्मपति दिपेन्द्र खड्काले जानकारी दिए। ।यसैगरी उपविजेता त्रिभुवन मावि नयाँ बजार दैलेखले ट्रफि प्रमाणपत्र सहित नगद९हजार प्राप्त गरेको उनले बताए।

फुटबल प्रतियोगिताले खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उदेश्यसहित प्रतियोगिता आयोजना गरिएको कालिदत्त गुल्म दैलेखका गुल्मपति खड्काले जानकारी दिए।यस्ता खाले प्रतियोगिताले बिद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्ने उनले जानकारी दिए ।उनले जिल्ला हुने यी र यस्ता प्रतियोगिताले खेलाडीहरूलाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने गरेको उनले बताए ।

उनले यस्ता प्रतियोगिताले बिद्यार्थीको व्यक्तित्व विकासमा पनि सहयोग पु¥याउने र उनीहरुमा आत्माविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले हामीले आँउदा दिनमा पनि यस्ता खाले कार्यक्रम आयोजना गरिने उनले राजधानीलाई जानकारी दिए । खेलकुदका माध्यमबाट बालबालिकाहरुमा हुने अतिरिक्त प्रतिभाको उजागर हुन मद्दत पुग्ने स्थानियको भनाई छ ।
विजेता तथा उपविजेता खेलाडीलाई भैरवी गाँउपालिका दैलेखका प्रमुख प्रसासकीय अधिकृत भुपेन्द्र थापा ,स्वास्थ सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर धर्मराज रेग्मी, व्यवसायी लक्ष्मण श्रेष्ठ (राजु)उद्योग वाणिज्य सङ्घ दैलेखका महासचिव प्रकाश पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए।