☰ open Loading... 5 February 2025|  

पत्रकार आचार्य पुरस्कृत
पश्चिम नेपाल   | ६ फाल्गुन २०८०, आईतवार १४:४९

सुर्खेतबाट राष्ट्रिय समाचार समितिमा कार्यरक्त पत्रकार सुरेश आर्चाय पुरस्कृत भएका छन् । राष्ट्रिय समाचार समितिको ६३ औं वार्षिकोत्सवका अवसरमा आचार्यलाई उत्कृष्ट फोटो तथा श्रव्यदृश्यबाट पुरस्कृत गरेको हो ।

२० हजार नगदसहित दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । प्रदेशमा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा, कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रवन्धक सिद्धराज राईद्धारा हस्ताक्षण प्रमाणपत्रमा राससले प्रदेशमा आयोजना गरेको वार्षिकोत्सवको अन्र्तक्रियामा प्रमुख अतिथि कानुन मन्त्री जिसीले आचार्यलाई प्रमाणपत्र दिएका थिए । पत्रकार आचार्यले देशभरबाट राससमा आर्थिक वर्षभित्र फोटो र श्रव्यदृश्यमा उत्कृष्ट काम गरेवापत पुरस्कृत भएको जनाईएको छ ।