☰ open Loading... 24 November 2024|  

पाडाेकाे मासु खाँदा २५ जना बिरामी
पश्चिम नेपाल   | ९ फाल्गुन २०८०, बुधबार ०५:१७

दैलेखको ठाटीकाँध गाउँपालिका–१ मा बिरामी पाडोको मासु खाँदा २५ जना बिरामी परेका छन् ।दलित समुदायका नदाई टोल जाडेखेतका २५ जना बालबालिका, वृद्धवृद्वा बिरामी परेका हुन् ।

ठाटीकाँध गाउँपालिका वडा-१ का वडा अध्यक्ष चक्र कामीका अनुसार बिरामी परेको पाडोलाई दलित टोलका बस्तीले काटेर खादा पाडोमा भएको बिरामी मान्छेमा फैलिएका कारण बिरामी परेका हुन् ।

उनले भने, ‘सोमबार गाउँपालिकाको २ वटा एम्बुलेन्सबाट प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र पुर्‍याएर उपचार गरेको हो । यदि समयमा उपचार हुँदैन थियो भने गाउँ नै रित्तिने अवस्था सिर्जना भएको थियो ।’
उनका अनुसार केही बिरामीहरू सन्चो भएर घर फर्किएका छन् । तर, मङ्गलवार पनि केही बिरामी परेकालाई हस्पिटल पठाउने गरेको अध्यक्ष कामीको भनाइ छ ।