☰ open Loading... 18 October 2024|  

सुर्खेतमा ३२ हजार बालबालिकालाई खोप लगाईने
पश्चिम नेपाल   | ९ फाल्गुन २०८०, बुधबार १७:०२

दादुरा रुवेला खोप अभियान अन्र्तगत सुर्खेतमा ३२ हजार बालबालिकालाई खोप लगाईने भएको छ । सुर्खेतमा दुई चरणमा ५ सय ७ खोप केन्द्रबाट ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाईएको हो ।

पहिलो चरणमा फागुन १३ देखि १५ गतेसम्म गुर्भाकोट, भेरीगंगा र लेकबेंसी नगरपालिका, चिङ्गाड र बराहताल नगरपालिकामा खोप लगाईने छ भने दोस्रो चरणमा फागुन २१ गते २५ गतेसम्म विरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, चौकुले गाउँपालिका र पञ्चपरी नगरपालिका रहेका छन् । प्रत्येक खोप केन्द्रमा सहयोगीसहित १ सय २५ बालबालिका बराबर ३ जना स्वास्थ्यकर्मी खटिने जनस्वास्थ्य निरिक्षक घनश्याम बुढाले बताए ।

२ सय २२ जना स्वास्थ्यकर्मीले जिल्लामा खोप अभिमुखिकरण सम्वन्धी तालिम लिएर गाउँ पुगेका छन् । प्रत्येक पालिकामा पालिका स्तरिय खोप अभिकरणमुखि भईरहेको जनाईएको छ । जिल्लामा रहेका सवै बालबालिकाहरुलाई अनिवार्य रुपमा खोपमा सहभागी हुन खोपबारे जानकारी दिन आयोजित एक कार्यालयमा जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतमा प्रमुख गणेश भक्त गौतमले अपिल समेत गरेका छन् ।