☰ open Loading... 25 November 2024|  

बालवालिकासंग नगर प्रमुख कार्यक्रम
यामराज बिष्ट   | १४ फाल्गुन २०८०, सोमबार ०५:२६

 

दैलेख –नारायण नगरपालिकाले बालवालिकासंग नगर प्रमुख कार्यक्रम सुरु गरेको छ । आईतबार रैनादेवि माध्यमिक विद्यालयमा नारायण नगरपालिका –११टाटामाखुमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बालबालिकाहरुले भोगिरहेका समस्या समधान गर्न अन्तरनिहित क्षमताको पहिचान गरि बालबालिकालाई समग्र क्षेत्रमा सहभागी गराई कसरी सुन्दर भविष्य निर्माणमा योग्दान गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको नारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं ६का वडाध्यक्ष जनक न्यौपानेले जानकारी दिए ।उनले अन्य नारायण नगरपालिकाका प्रत्येक वडामा कार्यक्रम संञ्चानन गरिने बताए । बालबालिकाको मनोबल बढाउन र क्षमता बढाउन बालवालिकासंग नगर प्रमुख कार्यक्रम गरिएको उनले जानकारी दिए।

नारायण नगरपालिकाको आयोजनामा संञ्चालन गरिएको बालवालिकासंग नगर प्रमुख कार्यक्रममा बालबालिकाले बालबालिकाका समस्याका बारेमा खुलेर प्रश्न राखेका थिए ।
बालबालिकाकाहरुले आफ्नो सर्वाङ्गिण विकासको लागि बाल सहभागीता, बाल विकास, बाल संरक्षण र बाल बचाउका क्षेत्रहरुमा भएको समस्याहरु सहित नगरपालिकाले बालबालिकाहरुको लागि कामहरु गर्नुपर्ने सुझाव दिएका थिए ।
यस्तै रैनादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर खड्का नारायण नगरपालिका दैलेख नगरप्रमुख लोमन शर्मा समक्ष बालबालबालिका र विद्यालयको समस्या राखेका छन् ।
बालबालबालिकाको सवालहरुको सम्बोधन गर्दै नगर प्रमुख लोमन शर्माले प्राथमिकताको आधारमा विद्यालय सुधार योजना निर्माण गरी समस्याहरुको सामाधान गर्दै जाने बताए । नगरपालिकाको पहिलो प्राथमिकता विद्यालयमा बालमैत्री र शिक्षण सिकाई मैत्री वातावरण निर्माण गर्न पहल गर्ने उनले जानकारी दिए ।

बालबालिकाहरुले विद्यालय कक्षा कोठाको समस्या, अव्यबस्थित बसाई, खानेपानी तथा वालमैत्री संरचना लगायतका बिषयमा समाधान गर्न नगरपालिका काम गरिरहेको उनले जानकारी दिए । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई समान र गुणस्तरिय शिक्षा प्रदान गर्ने दायित्व हामी सबैको भएको भन्दै त्यसको लागि नेतृत्व बहन गर्ने समेत बताए ।उनले विद्यालयमा भएका समस्या समधान गर्न नगरपालिका लागी पर्ने बताए ।
कार्यक्रममा नारायण नगरपालिकानारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्का,नारायण नगरपालिका दैलेखका शिक्षा शाखा प्रमुख पुर्ण प्रसाद उपाध्याय, रैनादेवि माध्यमिक विद्यालयका शिक्षक ,अभिभावक, विद्यार्थीको लगायतको सहभागीता रहेको थियो ।