☰ open Loading... 16 September 2024|  

बालबालिकाका समस्या समाधानका लागि विद्यालयमा कार्यक्रम
पश्चिम नेपाल   | १५ फाल्गुन २०८०, मंगलवार ०५:१२


दैलेख- नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा बालबालिकाका समस्या बुझ्न र उनीहरुको अधिकार सुनिश्चित गर्न नारायण पत्येक विद्यालयमा पुगेर छलफल गरेका छन्।
बालबालिकाहरुले भोगिरहेका समस्या समधान गर्न नगरपालिकाले बालवालिकासंग नगर प्रमुख कार्यक्रम संञ्चालन गरिएको नगरप्रमुख लोमन शर्माको भनाई छ।उनले विद्यालयमा भएका समस्या समधान गर्न नगरपालिका लागी पर्ने बताए ।

नारायण नगरपालिकाको आयोजनामा संञ्चालन गरिएको बालवालिकासंग नगर प्रमुख कार्यक्रममा बालबालिकाले बालबालिकाका समस्याका बारेमा खुलेर प्रश्न राखेका थिए ।

बालबालिकाकाहरुले आफ्नो सर्वाङ्गिण विकासको लागि बाल सहभागीता, बाल विकास, बाल संरक्षण र बाल बचाउका क्षेत्रहरुमा भएको समस्याहरु सहित नगरपालिकाले बालबालिकाहरुको लागि कामहरु गर्नुपर्ने सुझाव दिएका थिए ।

साेमबार नारायाणका ३वटा विद्यालय महेन्द्र माध्यमिक विद्यालय सोत,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कालिमाटी,बसन्त माध्यमिक विद्यालय किमुगाँउ कार्यक्रम गरिएको नारायण नगरपालिकाका प्रवक्ता एवं वडा नं ६का वडाध्यक्ष जनक न्यौपानेले जानकारी दिए ।बालबालिकाको मनोबल बढाउन र क्षमता बढाउन बालवालिकासंग नगर प्रमुख कार्यक्रम गरिएको उनले जानकारी दिए।