☰ open Loading... 19 September 2024|  

वीरेन्द्रनगर नगरपालिकाले विकास बजेट नपाउने
पश्चिम नेपाल   | १४ फाल्गुन २०८०, सोमबार १९:१२

वित्तीय अनुशासन कायम नगरेका करिब दुई सय स्थानीय तहको विकास बजेट रोक्का हुने सम्भावना बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ७५३ मध्ये १९९ वटा स्थानीय तह नपरेकाले बजेट कटौती हुने देखिएको हो ।
जसमा कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरपालिका समेत परेको छ । वीरेन्द्रनगर नगरपालिका मूल्याङ्कन नपरेका पालिकाहरूमा परेपछि विकास बजेट रोकिने सम्भावना बढी हुने जनाईएको छ ।

जुनजुन पालिकाको एफआरए भएको छैन, उनीहरूले वित्तीय सुशासन कायम नगरेको भनेर बुझिने गरेको छ । । वीरेन्द्रनगरसहित वित्तीय सुशासन कायम नगरेका देशभरका १ सय ९९ पालिकाले विकास बजेट नपाउने सम्भावना बढी रहेको जनाईएको छ ।