☰ open Loading... 2 June 2025|  

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालिन सीइओ मनोज न्यौपाने पक्राउ
पश्चिम नेपाल   | १५ फाल्गुन २०८०, मंगलवार १७:३१

प्रहरीले सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनाेज न्याैपानेलाई नियन्त्रणमा लिएको छ। हाल उनी प्रभु बैंकमा डेपुटी सीईओको रुपमा कार्यरत छन्।

कर्जा अपचलन गरेको आरोपमा लागेका न्यौपानेलाई राष्ट्र बैङ्कको आग्रहमा सिआइबीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो। सिआइबीले यसको विस्तृत अनुसन्धान गर्दै छ।

न्यौपानेसहित १० जनालाई सीआइबीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

न्यौपानेले सेन्चुरी बैंकमा हुँदा कर्जा अपचलन गरेको आरोप लागेको छ।