☰ open Loading... 19 September 2024|  

आठविस नगरपालिकामा सहमतिपछि ताला खुल्यो
गणेश बहादुर शाही, राकमकर्णाली   | १६ फाल्गुन २०८०, बुधबार ०९:४२

दैलेखको आठबिस नगरपालिकामा विभिन्न मागहरु राखेर तिन दिनदेखि गरिएको तालाबन्दी खुलेको छ । नेपाली काँग्रेस नगर समितिले विभिन्न माग राखेर आईतवारदेखि धर्नासहित तालाबन्दी गरेको थियो । मंगलवार राती अवेर दुई पक्षविच २० बुंदा सहमतिपछि बुधवारबाट पालिका खुल्ने भएको हो ।

पालिकाबाट नगर प्रमुख तर्क बहादुर बडुवाल संयोजक रहेको टोलीमा उपप्रमुख कल्पना कुमारी थापा (चन्द) र प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर शाही रहेका थिए । नेपाली काँग्रेसको तर्फबाट प्रेम प्रकाश शाही संयोजक रहेको टोलीमा अर्जुन बहादुर शाही नगर सभापति, मुक्ती प्रसाद उपाध्याय, पदम सिंह विश्वकर्मा, दिपक कार्की सदस्य रहेको थियो । दुई पक्षविच मंगलवार राती सहमति भएको थियो ।

काँग्रेसले पटक पटक दिएको ध्यानाकर्षण पत्र र ज्ञापन पत्र मार्फत पेश भएका मागहरु सम्वोधन गर्न २० वटा बुंदागत रुपमा सहमति गरिएको छ ।

जसमा निम्नअनुसार सहमति भएको छ ।