☰ open Loading... 19 September 2024|  

कर्णाली पछि पारिएको हो, क्षतिपूर्ति चाहिन्छ : मुख्यमन्त्री शर्मा
पश्चिम नेपाल   | १६ फाल्गुन २०८०, बुधबार १३:०६

मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् ।

‘कणर्ाली पछि परेको होइन, पारिएको हो । यो भाष्य बदल्न जरुरी छ,’ उनले भने, ‘पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको छ ।’

सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने अपेक्षा राखिएको बताए ।

संघीयताले केही भएन भन्नेहरुले कर्णालीको परिवर्तन हेर्नसमेत सुझाए ।

उनले बजेट खर्च गर्नका निम्ति खर्च गर्ने कि परिणाम खोज्ने भन्ने विषयमा पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।