☰ open Loading... 22 April 2024|  

वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर दैलेख घर भएका एक जनाको मृत्यु
पश्चिम नेपाल   | २० फाल्गुन २०८०, आईतवार १४:२९

वीरेन्द्रनगरमा होटेलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । वीरेन्द्रनगर-६ स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका- ८ बस्ने वर्ष ५१ का दीपबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका (एसपी) एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार चन्द होटलबाट कतिबेला खसे भन्नेबारे केही खुलेको छैन । ‘होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो, तर कतिबेला खसेका हुन् केही खुलेको छैन, उनले भने । ‘हामीलाई आज बिहान ८:३० बजे जानकारी आएको हो ।’

हाल उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।