☰ open Loading... 17 May 2024|  

कर्णालीमा कांग्रेसका मन्त्रीहरुको राजीनामा स्वीकृत
पश्चिम नेपाल   | २४ फाल्गुन २०८०, बिहीबार ०५:१०

कर्णाली प्रदेश सरकारमा कांग्रेसका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ । कांग्रेसबाट सहभागी तीन मन्त्रीले मंगलबार राजीनामा दिएका थिए ।


बुधबार उनीहरुको राजीनामा स्वीकृत गरी ती मन्त्रालयको कार्यभार मुख्यमन्त्री राजकुमार शर्मा आफैँले लिएका हुन् ।

यसअघि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा कृष्णकुमार विसी थिए ।

मंगलबार उनीहरुले दिएको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख तिलक परियारले कार्यविभाजन गरी मन्त्रिपरिषद् पुन:गठन गरेका हुन् ।