☰ open Loading... 17 May 2024|  

कर्णाली प्रदेशको तेस्रो अधिवेशन आह्वान, पहिलो बैठक ३० गते
पश्चिम नेपाल   | २३ फाल्गुन २०८०, बुधबार ०८:१२

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको थियो ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख ले तेस्रो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम यही फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेका हुन्