☰ open Loading... 20 September 2024|  

दैलेख महोत्सवको म्याद बढाउँदा आर्थिक चलखेल भएको आरोप, विद्यालयले चरम आन्दोलन गर्ने उद्घोष
पश्चिम नेपाल   | २८ फाल्गुन २०८०, सोमबार १९:२८

दैलेख उद्योग बाणिज्य संघले फागुन १७ देखि २८ गतेसम्म सञ्चालन गरेको दैलेख महोत्सवमा आर्थिक चलखेल भएको आरोप लागेको छ । महोत्सव समापन हुने दिनमा फेरी ५ दिन म्याद थप हुँदा आर्थिक चलखेल भएको आरोप लागेको हो ।

महोत्सव स्थल भएको नारायण नगरपालिका –६ का वडाअध्यक्ष जनक न्यौपानेले ‘महोत्सव स्थल आसपास ३ वटा विद्यालय भएको र चैत्र १ गतेदेखि परिक्षा सुरु हुन लागेको अवस्थामा परिक्षा अवधिमा महोत्सवको मिति थप्दा आर्थिक चलखेल गरि थपिएको देखिन्छ । खवरदार यसरी पैसाको चलखेल गरि महोत्सवको म्याद थप गरिएकोमा मेरो आपत्ति छ । नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको ध्यानाकर्षण गराउन चाहन्छु’ भनेर सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेखेका छन् ।

उनको स्टाटस हेर्दा नगरपालिका र महोत्सव सञ्चालकविच आर्थिक चलखेल भएको बुझ्न गाह्रो हुँदैन् । यसबारेमा आयोजकले कुनै पनि प्रतिक्रिया दिएको छैन् ।

उता फुलबारी विद्या मन्दिरका प्रिन्सिपल सुवास कुमार थापाले महोत्सव थपिएको पहिलो दिन मंगलबारबाट भोलीदेखि चरम आन्दोलन भनेर सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् ।