☰ open Loading... 19 September 2024|  

थपिएको दैलेख महोत्सव फेरी स्थगित
पश्चिम नेपाल   | २९ फाल्गुन २०८०, मंगलवार १९:००

दैलेख महोत्सव थपिएर चैत्र ३ गतेसम्म सञ्चालन हुने भएपनि विद्यालयको विरोधपछि फागुन ३० गतेसम्म हुने भएको छ । फागुन ३० गतेसम्म सांस्कृतिक कार्यक्रम गर्ने गरि नारायण नगरपालिकाले नयाँ निर्णय गरेको हो ।

नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकिय अधिकृत निरक रावलको हस्ताक्षरमा चैत्र ३ गतेसम्मको लागि महोत्सवको म्याद थपिएको थियो ।

चैत्र १ गतेदेखि बार्षिक परिक्षा हुने भएकाले विद्यालयहरु र स्थानीय ब्यवसायको विरोधका कारण फेरी नगरपालिकाले आफुले गरेको निर्णयबाट पछि हट्दै फागुन ३० गतेसम्म महोत्सव चलाउने र चैत्र १ गते औपचारिक समापन गर्ने गरी नयाँ अनुमति दैलेख उद्योग वाणिज्य संघलाई अनुमति दिईएको छ ।

ठेकेदारलाई नाफा कम भएको भन्दै महोत्सवको अवधि बढाउन उद्योग वाणिज्य संघ सक्दो कोशिस गरेको नाम नछाप्ने शर्तमा ब्यवसायीहरु बताउँछन् ।