☰ open Loading... 25 February 2025|  

७ हजार घुससहित समातिएका वन अधिकृतविरुद्ध मुद्दा
पश्चिम नेपाल   | २९ फाल्गुन २०८०, मंगलवार १९:०२

सात हजार घुस रकम लिने क्रममा अख्तियारबाट रंगेहात पक्राउ परेका सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पार्धेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

पार्धे बाँकेको राँझा सब–डिभिजन कार्यालयमा कार्यरत अधिकृत हुन्। पार्धेले काठ चिरानको लागि सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस-रिसवत मागेको सूचना अख्तियारले पाएको थियो।

सोही आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले सात हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।

पार्धेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको रिसवत सम्बन्धी कसुर गरेकाले सात हजार बिगो रकम माग र तीन महिनासम्म कैद सजाय माग गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ।