☰ open Loading... 25 February 2025|  

उद्धारपछि जंंगलमा छाडियो घोरल
पश्चिम नेपाल   | ३० फाल्गुन २०८०, बुधबार १६:२८

जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरा क्षेत्रमा फेला परेको घोरललाई उद्धारपछि पुन जंगलमै छाडिएको छ। उद्धार गरी डिभिजन वन कार्यालय जुम्लामा राखिएको घोरललाई तीन दिन पछि बुधबार जंगलमा छाडिएको हो।

‘सोमबार फेला परेको उक्त भाले जातको घोरललाई वन कार्यालयको संरक्षणमा राखिएको थियो। स्वास्थ्य परीक्षण गरेर पुन: प्राकृतिक उचित बासस्थानमै छाडिएको छ।’ डिभिजन वन कार्यालय जुम्लाका निमित्त वन डिभिजन अधिकृत खड्क लाल नेपालीले भने।

घोरलको स्वास्थ्य परीक्षण गरी सहजैसँग आहारा भेटिने जंगलमा छाडिएको वन कार्यालय जुम्लाका रेन्जर यमराज कार्कीले जानकारी दिए।

संरक्षित जङ्गली जनावरको सूचीमा रहेको घोरल पछिल्ला समय चोरी सिकारी र वन जंगल विनाशका कारण लोप हुँदै गएका छन्।