☰ open Loading... 7 September 2024|  

संरक्षित क्षेत्र काँक्रेविहारमा फोहोरको डंगुर
पश्चिम नेपाल   | ३ चैत्र २०८०, शनिबार १५:११

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको संरक्षित वन क्षेत्र काँक्रेविहार क्षेत्रमा स्थानीयहरुले फोहोरको डंगुर थुपार्ने गरेको पाईएको छ । जंगल क्षेत्रको आसपास रहेका मावन बस्तीबाट फोहोर जंगलमा फाल्ने गरेपछि दुर्गधित भएको हो ।

सरसफाईमा सरोकारवालाहरुले चासो देखाएका छैनन् । त्यस्तै संरक्षित जंगलक्षेत्रमा रहेका जरायो पनि शिकारका कारण घट्दो अवस्थामा रहेको छ । काँक्रेविहारभित्र वन क्षेत्र फडानी भईरहेको छ । डिभिजन वन कार्यालयले जंगल संरक्षणका लागि ठोस कार्ययोजना बनाएको छैन् ।