☰ open Loading... 16 September 2024|  

दुर्घटनामा ६ जनाको मृत्यु
पश्चिम नेपाल   | ३ चैत्र २०८०, शनिबार २१:४८

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा.३३ प १४९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता सप्तरीको सुरुङगा नगरपालिका-५ कुशहास्थित सडकमा स.९ प ७३७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ पोखरीया टोल बस्ने ४५ वर्षीया सिमवती देवी पासवानको शुक्रबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिनिश अस्पताल कुशहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकल चालकको नर्सिङ होम विराटनगर मोरङमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीकै खड्क नगरपालिका-६ चकवास्थित सडकमा गम्हरिया पोखरीबाट चक्वातर्फ जाँदै गरेको स.५ प १४२० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका-७ बस्ने १४ वर्षीय प्रियान्सु साहको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

यसैगरी संखुवासभाको पाँचखपन नगरपालिका-९ याङ्सिजुङस्थित सडकमा बा.४० प १७९ नम्बरको मोटरसाइकल र को.३७ प १८४२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा को.३७ प१८४२ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका-९ ढाडे बस्ने ६५ वर्षीय पदम बहादुर बिकको घटनास्थलमै मृत्यु भएको छ । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।