पश्चिम नेपाल | ५ चैत्र २०८०, सोमबार ०५:१०
कालिकोट । कालिकोटका ३ वटा पालिकामा चार हजार बढी बालवालिका जोखिममा परेको पाइएको छ ।पलान नेपालको सहयोग र साझेदार संघ संस्थाहरुको पहलमा गरिएको सवे्रक्षणमा जिल्लाको रास्कोट नगरपालिका, सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा चार हजार दुई सय ६९ बालबालिका जोखिममा रहेको भेटिएको हो ।
अभिभावक बिहिन, आर्थिक अवस्था कमजोर भइ स्कुल भर्ना नभएका संरक्षण बिहिन बालवालिका भेटिएका हुन ।रासकोटमा एक हजार तिनसय ३७, नरहरीनाथमा एक हजार सातसय ६७ र सान्नि त्रिवेणीमा एक हजार दुई सय ७५ जना रहेका छन ।
अहिले पहिचान भएका बालवालिकाको पढाई व्यवस्थापन र शैक्षिक सामाग्री उपलब्ध गराएर स्कुल भर्ना गरिएको छ ।