☰ open Loading... 7 September 2024|  

व्यवसायिक तरकारी खेती तालिम सुरु
यामराज बिष्ट   | ४ चैत्र २०८०, आईतवार १९:४५

दैलेख – नारायण नगरपालिका–७ किमुगाउँमा पन्ध्र दीने तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बागवानी अनुसन्धान केन्द्र किमुगाउँको प्राविधिक सहयोगमा पन्ध्र दीने तरकारी खेती तालिम संञ्चालन गरिएको हो ।
सेभ द चिल्ड्रेनको साझेदारीमा एभरेस्ट क्लब दैलेखद्वारा सञ्चालित पावर परियोजनाको सहजिकरणमा युवाहरूलाई व्यावसायिक तरकारी खेतीमा आबद्ध गराउने उद्देश्यले पन्ध्र दीने तरकारी खेती तालिम सञ्चालन गरिएको पावर परियोजनाका सिनियर फिल्ड अफिसर बाबुराम आचार्यले बताए ।

जिबिकोपार्जन समेत गर्न सक्ने उदेश्यले पन्ध्र दिने तालिममा वाक नेपाल अछामबाट ५ जना र एभरेस्ट क्लब दैलेखबाट ३ जना गरी ८ जनालाई सहभागी सहभागी भएको उनले बताए। स्थानीय क्षेत्रमा नै व्यावसायिक कृषि पेसातर्फ उत्प्रेरित गरी आम्दानीमा वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सिनियर फिल्ड अफिसर आचार्यले  जानकारी दिए ।