☰ open Loading... 25 February 2025|  

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
पश्चिम नेपाल   | ४ चैत्र २०८०, आईतवार २०:५२

अर्घाखाँचीको शितगंगा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका वडा नम्बर-२, सितापुरको सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर झिर्रा निवासी अन्दाजी ४० वर्षीय शारदा नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख ऋषिराम घर्ती मगरले जानकारी दिए।

घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा अर्की एक जना महिला गम्भीर घाइते भएकी छिन्। गम्भीर घाइते ३८ वर्षीय राधा अधिकारीलाई प्राथमिक उपचारपछि भैरहवा रिफर गरिएको छ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।