पश्चिम नेपाल | ५ चैत्र २०८०, सोमबार ०५:१८
कालिकोटमा आगोमा जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।
खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते हेमन्तीको आइतबार दिउँसो १ : ४० बजे उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । उनका बुवा नन्दरामको पनि अवस्था गम्घिर रहेको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको डाक्टर पौडेलले जानकारी दिए ।
घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म हुँदै शुक्रबार बेलुकी जुम्ला लागेर शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत पुर्याइएको थियो ।