☰ open Loading... 5 November 2025|  

बागलुङ बस दुर्घटना: मृतकको सङ्ख्या ८ पुग्यो
पश्चिम नेपाल   | ५ चैत्र २०८०, सोमबार २१:४९

बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनामा मृतकको संख्या ८ पुगेकाे छ। मृत्यु हुनेमा चारजना पुरुष र चार महिला रहेका छन्। उनीहरुकाे सनाखत भने हुन सकेको छैन।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाहरूको शव सङ्कलन कार्य भइरहेको छ। घाइतेहरू मध्य २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।