☰ open Loading... 25 February 2025|  

कर्मचारी मिलन केन्द्र दैलेखको अध्यक्षमा थापा
यामराज विष्ट   | ६ चैत्र २०८०, मंगलवार ०५:५९

दैलेख –कर्मचारी मिलन केन्द्र दैलेखको अध्यक्षमा पुन निर्मला थापा सर्वसम्मत चयन भएकी छन् । शनिबार केन्द्रको वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रमको आयोजना गरेर थापालाई पुनः अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो ।

मिलन केन्द्रको उपाध्यक्षमा भुपेन्द्र थापा ,सचिबमा पुर्णनाथ योगी ,सहसचिवमा सीता सोनी ,कोषाध्यक्षमा छत्रमान सुवेदी सर्वसहमतिमा चयन भएका छन् ।

सदस्यहरूमा हरि प्रसाद उपाध्याय,नरेश दत्त रावल,कमला भट्टरार्ई,दिपक दशौदी,दिप प्रसाद ज्ञवाली,दिनेश न्यौपाने,खड्क बहादुर एला,डम्बर बहादुर खड्का,गणेश बहादुर शाही चयन भएका छन्।

संस्थाको मर्यादा र छविलाई उच्च बनाउँदै व्यावसायिक, निष्ठावान् र कर्तव्यपरायण बनाउँदै सिर्जनात्मक कार्यमा लाग्न प्रेरित गर्ने कर्मचारी मिलन केन्द्रका नवनिर्वाचित अध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।उनले कर्मचारी मिलन केन्द्रले विविध पक्षमा काम गरेको बताइन्। उनले जिल्लास्थित सबै निजामती कर्मचारीहरूको साथ, सहयोग रहने विश्वास व्यक्त गरिन्।

मिलन केन्द्रको नवनिर्वाचत कार्य समितिको पदावधि दुई वर्षको हुने छ। कार्यक्रममा जिल्ला स्थित सरकारी, संस्थान कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।