☰ open Loading... 7 September 2024|  

डोल्पामा पुग्यो काँग्रेसको संगठन सुदृढ यात्रा
पश्चिम नेपाल   | ७ चैत्र २०८०, बुधबार १३:४०

चैत्र २ गते सल्यानको कपुरकोटबाट सुरु भएको नेपाली काँग्रेस संगठन सुदृढ यात्रा डोल्पा पुगेको छ । जिल्ला, पालिकाका नेता÷कार्यकर्तासंग उत्साहपूर्वक अन्र्तक्रिया संम्वाद गर्दै यात्राको टोलीलाई डोल्पामा पनि भब्य स्वागत गरिएको हो ।

नेपाली काँग्रेका यूवा नेता भूपेन्द्र जंग शाहीको अगुवाईमा कर्णाली प्रदेशका स्थानीय तह, वडा हुँदै जिल्लाका नेता÷कार्यकर्ता जनता माँझ पुग्ने गरी यात्रा लगतार भईरहेको छ । सल्यानबाट रुकुम(पश्चिम) हुँदै यात्रा डोल्पा पुगेको हो । नेता कार्यकर्तासंग नियमित नजिकबाट सम्पर्क गरी स्थानीय तथा सामाजिक सरोकारका विषयहरु बुझ्ने र पार्टी गतिविधिहरु बढाउने कामहरु भईरहेको नेता शाहीले बताए ।

‘मुख्यत पार्टीको संगठनलाई गतिशिल दिन यात्रा सुरुवात गरिएको हो ।’ नेता शाही शाहीले भने, वडा, पालिका र जिल्लामा रहेका नेता कार्यकर्ता माँझ पुगेर संगठन बलियो बनाउने प्रमुख उद्देश्य हो ।’ उत्साहपूर्वक यात्रा अघि बढीरहेको उनले बताए । काँग्रेसका जिल्ला तथा पालिका स्तरिय समितिहरुले भेटघाट अन्र्तक्रियाको तयारी गरेका छन् । नेता÷कार्यकर्ताहरु रातीअवेरसम्म बसेर पनि यात्राको टोलीलाई स्वागत गरेको जनाईएको छ ।
यात्राको अगुवाई गरेका यूवा नेता शाही नेपाल विद्यार्थी संघको पुर्व केन्द्रिय उपाध्यक्ष, तरुण दलको पूर्व महासचिव र नेपाली काँग्रेस कर्णाली प्रदेशको सल्लाहकार हुन् ।