☰ open Loading... 16 September 2024|  

हावाहुरीका कारण यातायातमन्त्रीको यात्रा अवरुद्ध
पश्चिम नेपाल   | ७ चैत्र २०८०, बुधबार १६:२१

हावाहुरीले नेपालगन्ज विमानस्थलबाट हुने उडान प्रभावित हुँदा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ नेपालगन्जमै रोकिएका छन्।

सडक विभागको कार्यक्रममा सहभागी हुन् आएका मन्त्री महासेठ मंगलबार दिउँसो २ बजेको यति एयरलाइन्सबाट काठमाडौं जाने तयारी थियो।

‘काठमाडौंबाट उडान भर्नलाई यात्रुहरु जहाजमा चढिसक्नु भएको थियो,’ विमानस्थलका एक सुरक्षाकर्मीले भने, ‘बेगले हावाहुरी आएपछि उडान हुन सकेन।’

अब सम्भवतः ४ बजेतिर काठमाडौंबाट जहाज उठ्ने उनको भनाइ छ। सोही जहाजमा मन्त्री महासेठले उडान भर्ने छन्। अहिले हावाहुरी कम भएपछि पुनः नेपालगन्ज विमानस्थलबाट उडान नियमित भएका छन्।