☰ open Loading... 3 June 2025|  

किशोरीको शव फेला
पश्चिम नेपाल   | ७ चैत्र २०८०, बुधबार २०:३६

सुनसरीको धरानमा एक जना किशोरीको शव फेला परेको छ।

धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा किशोरीको शव फेला परेको हो।

धरान प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको हो।

किशोरीको शव नजिकै खुकुरी पनि फेला परेको छ। मृतक किशोरीको पहिचान खुलिसकेको छैन। धरान प्रहरीले उनको हत्या नै भएको हुनसक्ने बताएको छ।

आज साढे २ बजेतिर गाईबाख्रा चराउनेहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो,’ वडाध्यक्ष नरेन्द्र राईले भने, ‘अहिले शव पोस्टमर्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ।’