☰ open Loading... 25 February 2025|  

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
पश्चिम नेपाल   | ८ चैत्र २०८०, बिहीबार १८:५५

अर्घखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-१० धरमपानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा वडा नं-९ राजुपानी निवासी १४ वर्षीय सन्दिप बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए।

उनका अनुसार काठका मुडा बोकेको ट्याक्टर आदर्श आधारभूत विद्यालयको घुम्तीमा ढाला फुत्किएर दुर्घटना भएको थियो। ढालामा राखिएका काठका मुढाले च्यापिएर बिकको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।