☰ open Loading... 15 October 2024|  

विरोधपछि सार्वजनिक सुनुवाई स्थगित
गणेश बहादुर शाही, राकम कर्णाली   | ९ चैत्र २०८०, शुक्रबार ०९:२४

दैलेखको आठबिस नगर पालिकाको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएको छ । नगरपालिकाले एक मुष्ट खर्च निकालेको र कुन शिर्षकमा कति खर्च भएको भन्ने प्रतिवेदन जनता माँझ बुझाउन नसक्दा सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएको हो ।
सरकारले दुई वर्षसम्म लगाएर पनि वार्षिक प्रतिवेदन तयार गर्न नसकेको र बन्द कोठाभित्र सार्वजनिक सुनुवाई कार्यक्रम गरेको भन्दै स्थानीय अगुवाहरुले विरोध
गरेका थिए । स्थानीयहरु हिक्मत शाही, डिल्ली थापा, डम्मर बहादुर माँझी, नैन बहादुर शाही, भुपेन्द्र बहादुर शाही लगायतले आफ्नो भनाई राखेका थिए । सहभागीहरुले नगरले नगरका अगुवाहरु भए
को कार्यक्रममा आफ्नो दम्व देखाएको छ भने गाउँका सोझा जनतामाथि कति दमन गरेको होला भनेर प्रश्न गरेका थिए । विकास निर्माणदेखि हरेक कामहरुमाथि प्रश्न गर्दै स्थानीयहरुले हिसाव पूर्ण रुपमा सार्वजनिक हुनुपर्ने भन्दै विरोध गरेपछि पालिकाबाट जवाफ दिन नसक्दा सार्वजनिक सुनुवाई स्थगित भएको थियो ।

हरेक योजना माग्दा नौ करोड बेरुजु छ र नगरमा पैसा नभएको भन्दै योजना नदिने गरेको गुनासो आएको थियो । नगरमा नौ करोडको बेरुजु कसरी आयो, कसको पालामा आयो हिसाव प्रष्ट पार्नुपर्ने र नपारेको खण्डमा नगरपालिकाले पैसा तिर्नुपर्ने भन्दै स्थानीयले नगर प्रमुख तर्क बहादुर बडुवालसंग माग गरेका थिए ।
नगर प्रमुख तर्क बहादुर बडुवालले नगर सरकारले कुन शिर्षकमा के कति खर्च भएको हो भन्ने बारे हामीले जनता माँझ दिन नसक्नु र जनतालाई प्रतिवेदन बुझाउन नसक्नु नगर सरकारको कमजोरी भएको बताए । नगर प्रमुख बडुवालले ब्यापक विरोधपछि चैत्र १६ गतेदेखि २५ गतेभित्र वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने गरी भईरहेको सार्वजनिक सुनुवाई स्थगन गरेका थिए ।