☰ open Loading... 26 July 2024|  

दैलेखमा विश्व खानेपानि दिवश मनाईयो
यामराज बिष्ट   | ९ चैत्र २०८०, शुक्रबार १८:०६

दैलेख–दैलखमा ‘विश्व शान्तीका लागी पानीको समन्यायिक पहुँच भन्ने मुलनाराका साथ विश्व पानी दिवस पनि मनाइएको छ । एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा संञ्चालित जलबायु उन्थानशिल समाबेशि खानेपानी सरसफाई परियोजनाको संयूक्त आयोजनामा दैलेखको डुङ्गेश्वेर गाउँपालिका वडा नं–१समलाटोलमा एक कार्यक्रम बिच उक्त दिवस मनाइएको हो ।

दिवसको अवसरमा समलाटोल,जारेखोला,राजिगाँउ खानेपानी सरसफाई तथा स्वच्छताको खानेपानी मुहान घरको धारा फिल्टरको पानी पि ए भाईलबाट जाँच गरिएको एभेष्ट क्लबका फिल्ड सुपरभाइजर दिलिप कुमार खड्काले जानकारी दिए ।भूमिगत जलस्रोतको अति दोहन र गाँउघरमा सडक निर्माण पक्की संरचनाका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको उनले जानकारी दिए । पानीमा हैजा टाईफाईटका जिवाणु प्रस्सत हुन्छन त्यसो भएकोले शद्ध पिउने पानी शरिरमा पुग्नु पर्नेमा उनले जोड दिनु पर्ने औँल्याए ।

पानी मानव जातीलाई मात्र नभएर सम्पर्ण सजिव बस्तु जिवजन्तुलाई आवश्यक रहेको भन्दै पानीलाई सवै मिलेर संरक्षण को अभियानमा लाग्नु पर्ने डुङ्गेश्वेर गाउँपालिका वडा नं–१का वडासदस्य रूपा बिकले बताइन् ।  आम नागरिकलाई शुद्ध पानीको पहुँचमा पुगाउनको लागि आफुले सदैव सहयोग समेत बिकले राजधानीलाई बताइन् ।

 

पानी दिवसको अवसरमा अभिभावकलाई हात धुने चरण तथा फिल्टमा पानी खाने बिषयमा प्रयोगात्मक अभ्यास समेत गरिएको एभेष्ट क्लब एसएनभी नेपालका कार्यक्रम संयोजक बिमला विशून्केले बताइन् ।उनले समलाटोल,जारेखोला राजिगाँउ सररफाई समिती खानपानीको मुहान धारा घरको फिल्टरको पानी परिक्षण गरिएको समेत उनले जानकारी दिइन् । पानी देखिने जति सबै सफा नहुने भएकाले पानी लाई फिल्टर गरेर पिउन उनले आग्रह गरिन् । अधिकांस रोगहरु पानिकै कारण लाग्ने भएको हुदाँ सफा पानी पिउदा फिल्टर गरेर पिउन समेत एसएनभी नेपालका कार्यक्रम संयोजक बिशुन्केले आग्रह गरिन् ।
त्यस्तै पानीको स्रोत लाई सुरक्षित राख्नको लागि वृक्षारोपन गर्नु पर्ने समलाटोल जारेखोला राजिगाँउ खानेपानी सरसफाई स्वच्छता उपभोक्ता समितिका अध्यक्ष लता सुनारले बताइन् । उनले स्वस्थ्य जिवनयापनको लागि सुद्ध पानीको आवश्यक रहेको समेत बताएका छन् ।

सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालिएको हो । स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग र सचेत बनाउने दिवसको उद्देश्य हो ।राष्ट्रसंघले सन् २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ ।
कार्यक्रममा स्वास्थ्य चौकी बेलबाटा निमित्त प्रमुख सागर बस्नेत, शुभकामना मन्तब्य राखेका थिए ।