☰ open Loading... 25 February 2025|  

आज पहाडी जिल्लामा होली मनाइँदै
पश्चिम नेपाल   | ११ चैत्र २०८०, आईतवार ०७:२६

आज फागु पूर्णिमा, अर्थात् पहाडी जिल्लामा हर्षोल्लासका साथ रङ्गहरूको पर्व होली मनाइँदै छ। असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। यस पर्वको अवसरमा आज काठमाडौंको वसन्तपुरमा भेला भई त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने परम्परा रहेको छ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।