☰ open Loading... 17 May 2024|  

भेटेरिनरी अस्पतालका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पश्चिम नेपाल   | १३ चैत्र २०८०, मंगलवार ०७:०१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादव र चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडा अध्यक्ष राम ईश्वर ठाकुर लोहार सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मूल्याङ्कन गराई भुक्तानी गरेको भन्दै सोमबार आयोगले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। आयोगका अनुसार ९ लाख ७७ हजार १६ रुपैयाँ बढी भुक्तानी दिएको पाइएकाे छ।

अख्तियारले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादव विरुद्ध मुद्दा दायर गरी जनही ९ लाख ७७ हजार १६ बराबर बिगो कायम गर्दै सोही अनुसार सजाय गरी बिगोसमेत जफत गर्न माग दाबी गरेकाे छ।