☰ open Loading... 25 February 2025|  

कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला
पश्चिम नेपाल   | १६ चैत्र २०८०, शुक्रबार ०५:०४

चिसापानी पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ।गत सोमबार होली खेलेपछि चिसापानीस्थित कर्णाली पुलबाट १७ जना युवाले हाम फालेका थिए। तीमध्ये ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए।

उनको शव बिहीबार टीकापुर सन्कट्टी घाटमा फेला पारेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिए। उनको खोजीका लागि मंगलबारबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो।