☰ open Loading... 19 October 2024|  

भिरबाट लडेर किशोरीको मृत्यु
पश्चिम नेपाल   | १५ चैत्र २०८०, बिहीबार ०८:३६

दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

बबई गाउँपालिका वडा नम्बर ७ मलई खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा भिरबाट लडेर १८ वर्षीया करिष्मा घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

बुधबार बिहान साढे ८ बजेतिर करिस्मा भिरबाट अन्दाजी ६५ मिटर तल खसेकी थिइन्। करिष्मासँगै सोही ठाउँकी सुष्मा पुन पनि घाँस काट्न गएकी थिइन्। तुलसीपुरमा अध्ययनरत घर्ती बिदाको समय घर गएकी थिइन्।