☰ open Loading... 19 October 2024|  

सिमलधारा ट्याक्सी दुर्घटनाका पाँच जनाको पहिचान खुल्याे
पश्चिम नेपाल   | १७ चैत्र २०८०, शनिबार १५:०४

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित सिमलधारानजिकबाट त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचैजनाको नाम पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिएका छन्।

उनका अनुसार मृतकहरुमा जिल्ला गोर्खा जिल्लाको गोर्खा नरपालिका वडा ७ बस्ने ट्याक्सी चालक अर्जुन शिर्मल, सोही ठाउँका ट्याक्सीमा सवार हरिमाया रोकाय, जुनकिरी रोकाय, अञ्जना रोकाय र बालक आगमन नगरकोटी रहेका छन्।

हराइरहेका दिवस रोकाय अहिलेसम्म फेला परेका छैनन्। प्रहरीका अनुसार उनको खोजी भइरहेको छ।

काठमाडौंबाट गोरखा आइरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा सात बजे सडकबाट करिब ८० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा पर्नेहरु सबै गोरखा नगरपालिका ७ को स्थानीय रहेका छन्। सबैजनाको घटनास्थलमै मृत्यु भएको थियो।